Loading...

राष्ट्रिय खोप तालिका

क्षयरोग (BCG)
जन्मने बितिकै
भ्यागुतेरोग, लहरे खोकी, धनुस्तंकार, हेपटाइटिस -बि, हेमोफिलस इन्फ्लुएन्जा प्रकार ख (DPT-HepB-Hib)  पोलियो थोपा (OPV)
,१०,१४ हप्ता 
दादुरा - रुबेला  (Measles- Rubella)
९ महिना१५ महिना 
जापानिज एन्सेफलाइटिस (Japanese Encephalitis)
१२ महिना
निउमोकोकल निमोनिया (Pneumococcal Conjugate Vaccine)
, १० हप्ता, ९ महिना
पोलियो  सुइबाट (Injectable Polio vaccine)
१४ हप्ता

बच्चा जन्मने वित्तिकै क्षयरोग विरुद्धको वि.सि.जि. खोप प्रदान गर्ने

बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा डिपिटि-हेपवी-हिव खोप भ्यागुते रोग,धनुसटंकार ,लहरे खोकि, हेमोफिलस इन्फ्लूएन्जा र्टाईप वि र हेपार्टाईटिस वि रोगको विरुद्धमा दिने

बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामै पोलियो रोगको विरुद्धमा पोलियो थोपा खूवाउने

बच्चा जन्मेको १४ हप्तामा पोलियो रोगकै विरुद्धमा आई.पि.भि. खोप दिने

बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र ९ महिनामा न्यूमोनिया रोग विरुद्धको न्यूमोकोकल कन्जुगेट खोप दिने

बच्चा जन्मेको ९ महिना पुगेपछि दादुरा र रुवेला रोगको विरुद्धमा एम.आर. खोपको पहिलो मात्रा दिने

बच्चा जन्मेको १२ महिना पुगेपछि जापानिज इन्सेफ्लाईटिस रोगको विरुद्धमा जापानिज इन्सेफ्लाईटिस खोप दिने

बच्चा जन्मेको १५महिना पुगेपछि दादुरा र रुवेला रोगको विरुद्धमा एम.आर. खोपको दोश्रो मात्रा दिने



तोकिएको समयमा खोप लगाउन बिर्सिएमा के गर्ने ?

तोकिएको समयमा खोप लगाउन बिर्सिएमा अर्को पटक खोप सेवा लिन सकिन्छ र स्वास्थ्यकर्मीको सल्लाह अनुसार खोप लगाउँदै जानुपर्दछ। छुटेको खोप तालिका अनुसार दिनुपर्दछ। तर १ बर्षको उमेर भित्र खोप पूरा गर्नुपर्छ।
पुरा पढ्नुहोस

हात धुने ६ चरणहरु

हात धुने कार्य १० सेकेन्ड अवधिको ६ चरणमा पुरा गर्न सकिन्छ र हरेक चरणमा ५ पटक मिच्नुपर्छ :

१. हत्केलाले हत्केला मिच्ने

२. एउटा हातको हत्केलाले अर्को हातको माथिलो भागलाई मिच्ने

३. औंलाको भित्री भाग अर्को हत्केलाको औंलाले मिच्ने

४. औंलाको पछाडिको भागलाई अर्को हातको हत्केला भित्र हाली मिच्ने

५. एउटा हत्केलाले अर्को हातको बुढी औंला समातेर मिच्ने

६. एउटा हातको औंलाको टुप्पाले अर्को हत्केलाको बिच भागमा पारी मिच्ने



चरण २, ४, ५ र ६ अर्को हातले दोहोराउने

बिश्व स्वास्थ्य संगठनले (WHO) आफ्नो हेल्थकेयर स्वच्छता दिशानिर्देशमा राखेका छन् - "हात स्वच्छता दुवै डाक्टरहरू र रोगीहरूको संक्रमण कम गर्नका लागि प्राथमिक उपाय हो"। यो सरल चीज हो जुन व्यक्तिले आफ्नो हात रोगाणु मुक्त पार्न प्रयोग गर्न सक्दछ।
पुरा पढ्नुहोस

स्क्रब टाइफस (Scrub typhus)

स्क्रब टाइफस के हो ?


यो ओरेन्सिया सुसुगामुसी (Orientia tsutsugambushi) नामक किटाणुको कारण हुने तीव्र, ज्वरीय र संक्रामक रोग हो।

स्क्रब टाइफस कसरी सर्छ ?


यो रोग संक्रमित चिगर नामक माइटको  (मुसामा लाग्ने किर्ना जस्तो किरा) टोकाईबाट मानिसमा सर्दछ। लार्वा (larva) स्टेजका माइटबाट मात्र यो रोग मानिस बाट सर्दछ। यो रुघा खोकी जस्तो एउटा मानिसबाट अर्कोमा सर्दैन।



स्क्रब टाइफसका लक्ष्यणहरु के के हुन् ?


१. उच्च नापको ज्वरो आउनु (१०४ भन्दा माथि) - काम ज्वरो समेत आउनसक्छ
२. धेरै टाउको दुख्नु
३. पसिना धेरै आउनु
४. आँखा रातो हुनु
५. झाडापखाला लाग्नु
६. बिस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छोड्नु
७. किराले (माइट) तोकेको ठाउँमा चिलाउने रातो डाबर देखिन सक्छ जहाँ पछि गएर कालो दाग (इस्कार/eschar) बस्न सक्छ



कुन टेस्टबाट स्क्रब टाइफसको निदान गर्न सकिन्छ?


१. सेरोलोजी - वेइल फेलिक्स टेस्ट (Weil felix test), इनडिरेक्ट इमुनोफ्लोरोसेन्स एन्टीबडी (Indirect immunofluorescence antibody)

२. पोलिमरेज चेन रियाक्सन (पी.सि.आर.)

स्क्रब टाइफसको उपचार कसरी गरिन्छ ?


यसको उपचारको लागि एन्टिबायोटिक प्रयोग गरिन्छ - डक्सीसाइक्लिन, क्लोराम्फेनिकल, एजिथ्रोमैसिन उपयुक्त ठहरिएका छन्।

स्क्रब टाइफसबाट बच्ने उपायहरु के के हुन् ?


१. खेतबारीमा काम गर्दा, वनजङ्गल/झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बूट लगाउने
२. घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
३.  सम्भव भएसम्म भुँइमा नबस्ने - खाट वा अग्लो स्थानमा बस्ने/सुत्ने
४. चौर, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने
५. मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि बिकास नहुने बातावरणको सिर्जना गर्ने
पुरा पढ्नुहोस

बडी मास इन्डेक्स (बी.एम.आई) - BMI

अर्को नाम: शरीर द्रव्यमान सूचकांक

बी.एम.आई. शरीरको तौललाई (किलोग्राममा) शरीरको उँचाई (मीटरमा) दुई गुनाले भाग गरेर निकालिन्छ।

बी.एम.आई = वजन (किलोग्राम) / ऊँचाई (मीटरमा) 



बिश्व स्वास्थ्य संगठनको (WHO) अनुसार बी.एम.आईको नतिजा यस प्रकारले बर्गीकरण गर्न सकिन्छ -
भार/लंबाई अनुपातवर्गीकरण
< 18.5कम भार
18.5–24.9सामान्य भार
25.0–29.9अधिक भार
30.0–34.9श्रेणी-१ मोटा
35.0–39.9श्रेणी-२ मोटो
> 40.0  श्रेणी-३ मोटा 












बी.एम.आई. मोटोपना नाप गर्ने सजिलो तरिका हो तर यसको एउटा मुख्य कमजोरी भनेको यसले शरीरको वजनलाई मात्र मध्यनजरमा राख्छ र त्यो बोसोको कारण हो कि मांसपेसीको फरक गर्न सक्दैन। बी.एम.आई चार्टहरू केवल वयस्कहरूको लागि गणना गरिएको छ (बच्चाको वजन र उँचाइहरूको लागि अलग चार्टहरु उपलब्ध छन्)। यदि तपाईं एक एथलीट हुनुहुन्छ वा तपाईंमा धेरै मांसपेशी छ भने पनि बी.एम.आई. उच्च आउन सक्छ तर तपाईंमा बोसोको मात्रा स्वस्थ हुनसक्छ।


पुरा पढ्नुहोस

के मेडिकल लापरवाही हो र के मेडिकल लापरवाही होइन ?

मेडिकल लापरवाही (मेडिकल नेग्लिजेन्स) चिकित्सा व्यवसायीले बिरामीको उपचार गर्दा गर्ने "मानक हेरबिचार" अथवा "हेरबिचारको स्तर" (स्ट्यान्डर्ड अफ केयर) को "उल्लङ्घन" हो। यो दुई कारणले हुनसक्छ - गर्नुपर्ने काम गर्न चुकेर (ओमिसन) वा गलत काम गरेर (कमिसन)। एक डाक्टरले समय प्रासंगिक चिकित्सा ज्ञानको आधारमा मानक र स्वीकार्य मानदण्ड अनुसार उपचार गर्नुपर्छ। सफलता वा उपचारको विफलता वा यसको परिणाम अप्रासंगिक छ। मेडिकल लापरवाही भनेर स्थापित गर्न निम्नलिखित मापदण्डको आवश्यकता पर्दछ -

१. ड्युटी: डाक्टर (प्रतिवादी)  बिरामी (अभियोगी) को हेरचाहमा खटिएको हुनुपर्छ

२. व्यभिचार: डाक्टरले अपेक्षित मानक हेरविचार पछ्याउन असफल भएकोले हेरचाहको कर्तव्य उल्लङ्घन गर्यो

३. प्रत्यक्ष कारण: बिरामीको शारीरिक वा मानसिक स्वास्थ्यमा क्षति पुग्यो

४. क्षति: सामान्य अवस्थामा एउटा चिकित्सकले त्यस क्षतिको भविष्यवाणी गर्न सक्थ्यो

मेडिकल लापरवाही ४ तहमा हुनसक्छ


१. डाक्टर / सम्बन्धित कर्मचारी / अस्पतालका अधिकारीहरु

२. ड्रग्स, उपकरण, आदि को निर्माताहरु

३. योगदानहीन लापरवाही: रोगी आफैं वा तिनलाई सेवा गर्न खटिएका व्यक्ति (कन्ट्रीब्युटारी नेग्लिजेन्स)

४. समग्र (कम्पोजिट) लापरवाही: माथिल्लो ३ तहहरु मध्य एक भन्दा बढी तहमा लापरवाही



के के मेडिकल लापरवाही होइनन् ?


धेरैजसो उपचारका नकारात्मक परिणामहरू उपचारसँग सम्बन्धित निहित जोखिमहरूका कारण हुन्छन्। वास्तवमा, शल्यक्रियामा हुने धेरै जटिलताहरू बिरामी असन्तुष्ट भएता पनि चिकित्सकीय लापरवाहीका कारण हुँदैनन्। यी आफैमा चिकित्सकीय लापरवाही हुँदैनन्:

१. जब एक चिकित्सा प्रदायक अशिष्ट वा हतारिएको हुन्छ

२. जब एक चिकित्सा प्रदायकले रोगीलाई निको पार्न असफल हुन्छ

३. जब बिरामीको परिणाम प्रतिकूल हुन्छ

४. प्रक्रियामा निहित जोखिमबाट नराम्रो असर भएमा

५. बिरामी शल्यचिकित्साको परिणामबाट दु:खी हुँदैमा

के के मेडिकल लापरवाही हुन्छन् ?


१. जब एक सर्जनले बिरामी भित्र छोड्नु नहुने चिकित्सा उपकरण छोड्छ र उपकरणको हटानको लागि दोश्रो सर्जरीको आवश्यकता पर्छ।

२. जब एक सर्जनले गलत शरीरको भागमा शल्यक्रिया गर्छ।

३. जब एक चिकित्सा प्रदायकले आफ्नो क्षेत्रमा जान्नु पर्ने र उपचार गर्नुपर्ने हुँदाहुँदै चुक भएर चोट वा रोगको निदान गर्न असफल हुन्छ।

४. जब एक मेडिकल प्रदायकले सूचित सहमति (इन्फोर्मड कन्सेन्ट) प्राप्त नगरी बिरामीको सहमति बिना कुनै शल्यक्रिया गर्छ।

प्रतिकूल घटना (एड्भर्स इभेन्ट्स) र लापरवाही बिचको भिन्नता


एउटा उदाहरण लिएर छलफल गरौँ - "क" नामक बिरामी निमोनियाबाट ग्रसित छ र उसलाई "ख" नामक एंटीबायोटिक दिइयो -

१. प्रतिकूल घटना - यदि बिरामीले भविष्यवाणी गर्न नसकिने एलर्जी विकास गर्यो र त्येसको कारण अल्पकालीन रुपमा मृगौलाको विफलता हुन पुग्यो र बिरामी अस्पतालमा भर्ना हुनपुग्यो वा बिरामीको मृत्यु भयो

२. लापरवाही - त्येही कुरा यदि चिकित्सकले बिरामी "क" लाई एंटीबायोटिक "ख" को एलर्जी छ भनि उल्लिखित चार्ट हेर्न चुकेर भएको भए

सर्जिकल प्रक्रियाहरूले सामान्यतया संक्रमणको ३-४% खतरा राख्दछ। संक्रमण कम गर्न सफाई र प्रोफैल्याक्तिक एंटीबायोटिक्सको प्रयोग गरिन्छ। यद्यपि, सबैभन्दा सक्षम हातहरूमा र सर्वोत्तम परिस्थितिहरूमा समेत, संक्रमण हुनसक्छ। यो एक प्रतिकूल घटना हुनेछ। तर कुनै एक मेडिकल त्रुटिको कारण होइन।

यो प्रतिकूल घटनाहरू र मेडिकल त्रुटिहरू बीच फरक छुट्याउन महत्त्वपूर्ण छ, किनकि प्रतिकूल घटनाक्रमलाई सजायँको भागीदार बनाउने हो भने जटिल रोगको उपचार र कठिन प्रक्रियाहरु गर्न उपचार्कर्मी निरुत्साहित हुन्छन् - जस्तै कलेजो प्रत्यारोपण वा न्यूरोसर्जरी। त्यसकारण एक आदर्श निरीक्षण प्रणालीले प्रतिकूल घटनाहरूलाई दण्ड दिँदैन, तर चिकित्सकीय त्रुटिहरू पहिचान गर्न र लक्षित गर्न सक्दछ।
पुरा पढ्नुहोस